काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप दुई सदस्य मनोनयन गरेको छ ।
सोमबार काँग्रेस सभापति शेरबहादुर देउवाले चण्डेश्वर वैद्य र केशर रोकायलाई केन्द्रीय निर्वाचन परिचालन समितिमा नियुक्त गरेका हुन् ।
देउवाले यसअघि गोपालमान श्रेष्ठको संयोजकत्वमा “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका थिए ।