प्रचण्डले गण्डकीका तीन जिल्लामा सम्बोधन गर्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रचण्डले गण्डकीका तीन जिल्लामा सम्बोधन गर्ने


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले आफ्नो चुनावी क्षेत्र गोरखाको पालुङटार, तनहुँको डुम्रे र लमजुङको राइनास नगरपालिकामा हुने चुनावी सभामा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

गोरखा प्रचण्डको आफ्नै चुनावी क्षेत्र भने तनहुँ १ रामचन्द्र पौडेल र लमजुङ देव गुरुङको चुनावी क्षेत्र भएकाले गठबन्धनका नेता समेत पुग्ने भएका हुन् । यसअघि प्रचण्डले कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गरेर फर्किएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस