२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डले भने- गोरखा जानुको अर्थ चितवन छोडेको होइन

अ+ अ-

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो चुनावमा गोरखा गए पनि चितवनमा सुरु भएका विकास योजना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

सत्तारुढ गठबन्धनले शनिबार भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उनले चुनाव लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएको स्मरण गराए ।

‘म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै हो, यहाँको विकास निर्माणमा मेरो सहयोग चासो चिन्ता जारी रहन्छ’ उनले भने, ‘जे पूर्वाधार सुरु भएका छन् । त्यसलाई पूरा गर्न म हमेसा लागिरहन्छु ।’

उनले गोरखा जानुको अर्थ चितवन छोडेको रुपमा नबुझ्न पनि आग्रह गरे । ‘चितवनसँगको सम्बन्ध रहिरहनेछ, हिजो पनि थियो, भोलि पनि रहनेछ’ प्रचण्डले भने । उनले सत्तारुढ गठबन्धनमा रहेका दलका कार्यकर्तालाई कसैको बहकाउ र भ्रममा नपर्न पनि आग्रह गरे ।

प्रचण्डले चितवन–३ मा राम्रो उत्तराधिकारी पाएकामा आफू खुशी रहेको पनि बताए । त्यस क्षेत्रबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । ‘उहाँ सामाजिक सेवामा पहिचान बनाइसकेको, कसैको आँखामा हालेपनि नबिझाउने खालको । निकै नजिकबाट दुख कष्ट देखेर आएको मान्छे हुनुहुन्छ, मलाई बडो आत्मसन्तुष्टि भएको छ’ प्रचण्डले भने ।