डा.कोइरालासहित १६ जना पुरस्कृत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डा.कोइरालासहित १६ जना पुरस्कृत


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले विभिन्न १३ विधाका १६ जनालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले एक विशेष समारोहकाबीच उनीहरूलाई पुरस्कृत गरेको हो । 

जसअनुसार कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार नेपाल कृषि अनुसन्धान परिषद् नार्कले पाएको छ भने विज्ञान पुरस्कार डा.कोमलराज रिजाल, प्रविधि पुरस्कार प्रा. डा. सुदर्शनराज तिवारी तथा विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. निरञ्जन कोइराला, डा. लक्ष्मी कुमार पराजुली, डा. प्रदीप कुमार पौड्याल, डा. रक्षा डङ्गोल र डा. अनु भट्टराईले प्राप्त गरेका छन् ।

उनीहरूलाई नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले पुरस्कार हस्तान्तरण गरे। 

त्यस्तै महिला विज्ञान तथा प्रविधि पुरस्कार डा.बबिता पौडेल, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार कमल रानाभाट र प्रकाश चन्द्र अमात्य, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार छत्र कार्कीले पाएका छन् ।

पुरस्कार पाउनेमध्ये पोखराका डा. निरञ्जन कोइरालालाई नेपालको पहाडी र तराई क्षेत्रमा पाइने जङ्गली वनस्पति तथा जडीबुटीहरूमा विद्यमान औषधिजन्य रासायनिक पदार्थहरूको पहिचान एवं उपयोगिता सम्बन्धी अनुसन्धान गरी योगदान पुर्‍याए बापत यो पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस