काठमाडौँ १ मा प्रकाशमानलाई स्वतन्त्र उम्मेदवार लिम्बुको पनि समर्थन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ १ मा प्रकाशमानलाई स्वतन्त्र उम्मेदवार लिम्बुको पनि समर्थन


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बुले समर्थन गरेका छन् ।

उनले शुक्रबार एक कार्यक्रमका बीच प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गरेको बताए ।

कार्यक्रममा उनले भने, ‘काठमाडौँ क्षेत्र नम्बर १ मा खटिरहँदाखेरी धेरै उम्मेवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर १ लाई आवश्यक भएको उम्मेदवार चाहिँ प्रकाशमान सिंह नै भन्ने निष्कर्ष निकालेँ ।’

उनले प्रकाशमानले अघि सारेको ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने चुनावी नारा आफूलाई मन परेको बताए । काठमाडौँका १० वटा निर्वाचन क्षेत्रहरूमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो प्रकाशमानकै कारण भएको निष्कर्ष समेत उनले सुनाए ।

यसअघि लोसपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाश नायजु र प्रतिनिधि सभा सदस्य उम्मेदवार रणवीर सिंहले पनि प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस