शनिबार चितवनमा गठबन्धनको सभा, शीर्ष नेताले सम्बोधन गर्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

शनिबार चितवनमा गठबन्धनको सभा, शीर्ष नेताले सम्बोधन गर्ने


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ। लोकतान्त्रिक-वाम गठबन्धनले शनिबार चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले सम्बोधन गर्ने नेपाली काँग्रेस चितवनले जनाएको छ ।

यस्तै नेकपा एमालेले पनि चितवनमा चुनावी सभा गर्दैछ । एमालेको सभा कात्तिक २८ गते छ । सो सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली चितवन आउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस