२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक स्थायित्व र संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुस् : प्रचण्ड

अ+ अ-

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् ।

शुक्रबार गोरखाको सिरानचोक-८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध र शान्ति सम्झौताको नेतृत्व गरेको उल्लेख गर्दै अब विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताएका हुन् ।

गोरखा-२ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतालाई पूर्णता दिने यो अन्तिम अवसर भएको बताए ।

‘गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर सुरु गरेको यो व्यवस्थालाई पनि र शान्तिलाई पनि अन्तिम अन्तिम टुंगो लगाउने अवसर यो हो,’ प्रचण्डले भने, ‘सबै पीडितहरूलाई परिपूरण भनेको आर्थिक सहयोग दिने, परिवारको भरण पोषण, रोजगारी, शिक्षा दिक्षा दिने उनीहरूका नाममा विभिन्न स्थानमा स्तम्भहरू राज्यले नै बनाइदिने पार्कहरू राज्यले नै बनाउने भन्ने नीति पास भइसकेको छ । तपाईँहरूको पूरा सहयोग भयो भने यो कुरा फत्ते गर्न पनि ठूलो शक्ति प्राप्त हुन्छ ।’

द्वन्द्वपीडितहरूलाई भेदभाव नगरी समान व्यवहार गरिने प्रचण्डको भनाइ थियो । नेपाली कांग्रेससँग आफूहरूको राम्रो समझदारी बनिरहेको उनले बताए । ‘द्वन्द्वपीडित सबैलाई यो ऊ नभनीकन समान रूपले सम्बोधन गर्नै पर्छ । म विस्तृत शान्ति सम्झौताको एउटा जीवित हस्ताक्षरकर्ता, दुई जनामध्ये गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न,’ प्रचण्डले भने, ‘नेपाली कांग्रेसका अहिलेका नेता साथीहरूसँग, प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग राम्रो समझदारी बनिरहेको छ, तपाईँहरूले देखिरहनु भएकै छ ।’

उनले राजनीतिक स्थायित्व र संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्न पनि आग्रह गरे । ‘राजनीतिक स्थायित्वको निम्ति, संविधानको रक्षाको निम्ति र विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्नको निम्ति तपाईँहरूले दिल खोलेर जसरी स्वागत गर्नुभयो, दिल खोलेर मतदान पनि गर्नुहोला,’ प्रचण्डले भने, ‘जितिहालिन्छ भनेर कसैले अल्छी नगर्नुहोला । गर्न नदिनुहोला ।’

आफू गोरखामा उम्मेदवार बनेर आउन पाउँदा खुसी भएको उनले बताए । गोरखाका जनताले हृदयदेखि नै आफूलाई दिल खोलेर स्वागत गरेको भन्दै प्रचण्डले धन्यवाद दिए । मंसिर ४ को निर्वाचन संविधान रक्षा गर्ने र संविधान नमान्नेहरूबीचको जनमत सङ्ग्रह जस्तै भएको प्रचण्डले बताए ।

संविधानको रक्षा गर्ने र उपलब्धिको रक्षा गर्नेहरू एकातर्फ र त्यसलाई उल्ट्याउन चाहनेहरूले अर्कातर्फ उभिएको बताउँदै प्रचण्डले संविधानको रक्षाका लागि गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।