आज देशका एक-दुई स्थानमा हिमपातको सम्भावना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज देशका एक-दुई स्थानमा हिमपातको सम्भावना


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

शनिबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १,बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस