२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’ लाई कर छुट दिन माग

अ+ अ-

काठमाडौँ । नेपालमा छायाङ्कन भएको बलिउड फिल्म ‘उचाइ’को रेड कार्पेट प्रिमियर बुधबार बेलुका मुम्बईमा सम्पन्न भएको छ ।

विशेष शोमा बलिउड स्टारहरू उपस्थित रहे । अनुपम खेरले फिल्मको विशेष सो राखे, जसमा फिल्मका कलाकारसहित सलमान खान, अक्षय कुमार, कङ्गना रनौत, जया बच्चन, भाग्य श्री, टाइगर श्राफ लगायत सहभागी रहे ।

शोमा जया बच्चनले सामुन्ने उभिएकी अभिनेत्री कङ्गनालाई बेवास्ता गरेर अघि बढेको कुराले चर्चा पाएको छ । कङ्गनाले नमस्कार गर्दा पनि जयाले इग्नोर गरेकी थिइन् ।

निर्देशक सुरज वर्जत्यको हात समातेर सलमान खान हिँडेको दृश्यले पनि चर्चा पायो । निर्माण कम्पनी राजश्री प्रोडक्सनकै ब्यानरबाट अनुपम खेर र सलमान खानले करिअर स्थापित गरेका हुन् ।

अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा, डेनी डेनजोङ्पा लगायतको अभिनय रहेको फिल्म उचाइको अधिकांश छायाङ्कन नेपालमा गरिएको हो । नेपालमा समेत यो फिल्म शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

सुशान्त कुमार श्रेष्ठ लगायत केही नेपाली फिल्म निर्माता तथा कलाकारले उचाइलाई नेपाली फिल्म सरह मानेर कर छुट दिन माग गरेका छन् ।

अधिकांश छायाङ्कन नेपालमा भएको, नेपाली प्राविधिक र कलाकार संलग्न रहेको, नेपाली भाषा पनि समेटिएको र डेनीजस्ता नेपाली भाषी पनि संलग्न भएकाले उचाइलाई सहुलियत दिनुपर्ने माग उनले राखेका छन् ।

झण्डै एक महिनासम्म नेपालमा रहेर छायाङ्कन गरिएको फिल्मले नेपालको पर्यटन प्रवर्द्धनमा फाइदा पुग्ने आशा लिइएको छ ।