२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीलाई मैले टक्कर दिएपछि जथाभाबी बोलेर बरबराउन थाले : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले यसअघि ओलीलाई कसैले पनि टक्कर दिन सक्दैन भन्ने गरे पनि आफूले टक्कर दिएर देखाएको बताए ।

बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आलीलाई आफूले टक्कर दिएपछि ओली अहिले बोलाए जसरी जथाभाबी बोल्न र बरबराउन थालेको बताए । ‘टक्कर दिइसकेपछि अहिले तपाईँहरूले देखिरहनुभएको छ, बौलाएको, के के बोल्छन्, के के बोल्छन् । बरबराएको के के उटपट्याङ कुरा गर्छन्’, अध्यक्ष नेपालले ओलीले बोलेका सबै कुराको सङ्कलन निकाल्नुपर्ने बताए । उनले भने, ‘के के बोले अहिलेसम्म रु के-के गाली गलोजको भाषा प्रयोग गरे त्यो सबै ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओलीका कुरा सबै झुठा हुने गरेको भन्दै आक्रोश, बदलाको भावना, अरूलाई अपमानित गर्ने प्रवृत्ति र आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति पहिलेका तानासाही शासकहरूमा जस्तै ओलीमा पनि रहेको बताए । ‘त्यही भएकाले एमालेले स्थानीय तह निर्वाचनमा ठूलो धक्का खाएपछि अहिले आएर ओलीले दक्षिणपन्थीहरू, राजा आउ देश बचाउ र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेका छन्’, अध्यक्ष नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस