स्व. गीतकार कार्कीको ‘म चेतन’ लोकार्पण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्व. गीतकार कार्कीको ‘म चेतन’ लोकार्पण


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । गीतकार एवं चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो गीति एल्बम ‘म चेतन’ लोकार्पण गरिएको छ ।

नारायण ओलीको एकल सङ्गीत रहेको एल्बमलाई गीतकार कार्कीको ८४औँ जन्म जयन्तीको अवसर पारेर काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा, चेतन कार्कीकी धर्मपत्नी गङ्गा कार्की, गायिका कुन्ती मोक्तानलगायतले यस एल्बमको लोकार्पण गरे ।

नौ वटा गीत समावेश गरिएको एल्बममा नारायण ओली, दीप श्रेष्ठ, कुन्ती मोक्तान, अन्जु पन्त, बानिका प्रधान, महेश सेवा, निशान भट्टराई, अस्मिता अधिकारी, रचना रिमाल र प्रवीण बेडवालको स्वर छ । कार्यक्रममा ‘म चेतन’ एल्बममा समाविष्ट गायक दीप श्रेष्ठको आवाजमा रहेको गीत ‘विरहमा’ गीतको म्युजिक भिडियो प्रदर्शन गरियो ।

Tags :
प्रतिक्रिया दिनुहोस