उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मत दिनु : नेता सिंह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मत दिनु : नेता सिंह


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी र उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मत दिन आग्रह गरेका छन्। लौहपुरुष गणेशमान सिंहको १०८ औँ जन्मजयन्तिका अवसरमा राजधानीमा आयोजित आयोजित कार्यक्रमा उनले भविष्यलाई हेरेर मतदान गर्नुपर्ने बताएका हुन्।

उनले भने,‘मतदान भनेको भविष्यको भलाईको लागि हो। पार्टी र उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला।’

कार्यक्रममा सिंहले गणेशमानको त्याग र योगदानलाई सबैले मनन गर्नुपर्ने बताए। उनले गणेशमानले मुलुकमा प्रजातन्त्र प्रापितका लागि ६० वर्षको सक्रिय राजनीतिमा तीन दशक जेलजीवन र निर्वासनमा बिताएको स्मरण गरे। गणेशमानको योगदानलाई स्मरण गर्दै सिंहले भने,‘६० वर्षको सक्रिय राजनीतिमा तीन दशक देशको भविष्यका लागि जेलजीवन र निर्वाशनमा बिताउनुभएको थियो।’

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ लाई चासोका साथ हेरिएको छ। यो निर्वाचन क्षेत्रमा हेबीवेट मानिएका नेपाली कांग्रेसका सिंह, एमाले केन्द्रीय सदस्य किरण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, पुकार बम, रमेश खरेललगायत चुनावी मैदानमा छन्।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ-१ मा ३१ जनाको उम्मेदवारी परेको छ। जसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन्। निर्वाचन आयोगको अद्यावधिक तथ्याकं अनुसार यो पटक ४५ हजार १८ मतदाता काठमाडौँ-१ मा छन्। २०७४ सालको निर्वाचनमा ४२ हजार ४३० मतदाता रहेकोमा यो निर्वाचनमा २ हजार ५८८ मतदाता थपिएको आयोगको तथ्यांकमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस