२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रान्सेली ‘क्याथोलिक चर्च’ : तीन लाख तीस हजार बाल यौन दुर्व्यवहारको सिकार

अ+ अ-

पेरिस । फ्रान्सेली क्याथोलिक चर्चले विभिन्न कालखण्डमा बाल यौन दुर्व्यवहार भएका स्वीकार गरेको छ ।

अठहत्तर वर्षीय पादरी जीन–पियरले ३५ वर्षअघि एक जना १४ वर्षीया किशोरीलाई दुर्व्यवहार गरेको स्वीकार गरेपछि ईश्वरका घरमा भएका ती निन्दनीय कृत्य सार्वजनिक भएका हुन् । 

दक्षिण पश्चिमी फ्रान्सको बोर्डोको आर्कबिशपले ‘पैँतीस वर्षअघि म पादरी हुँदा १४ वर्षकी युवतीसँग मैले निन्दनीय व्यवहार गरेको थिएँ । मेरो व्यवहारले पीडितमा गम्भीर एवम् अप्रिय परिणाम निम्त्याएको छ,’ उनले लिखित स्वीकारोक्तिमा भनेका छन् । उनले पीडितसँग कुरा गरेको क्षमा याचना गरेको पनि बताएका छन् । आफूबाट भएको अपराधका निम्ति उनले अन्य सबैसँग पनि माफी मागेका छन् । 

गत वर्ष एक स्वतन्त्र आयोगद्वारा जारी गरिएको एक अध्ययनले बितेका ७० वर्षमा फ्रान्समा पादरी वा चर्च–सम्बन्धित अन्य व्यक्तिले तीन लाख ३० हजार बाल यौन दुर्व्यवहार गरेको खुलासा भएपछि धार्मिक कर्तव्यबाट च्युत हुनेविरुद्ध निगरानी थालिएको छ भने गिर्जाघरहरूमा पनि नियमित रूपमा कानुन कार्यान्वयन निकायबाट अनुगमन हुने गरेको छ । 

फ्रान्सेली विशप सम्मेलनका अध्यक्ष एरिक डे मौलिन्स–ब्युफोर्टले बहालवाला विशप र पूर्वविशप, फ्रान्सेली न्याय वा चर्च अधिकारीहरूले अनुसन्धान गरेका विभिन्न घटनाहरूमा यौन दुर्व्यवहारका घटना अधिक भेटिएका बताएका छन् । बाल यौन दुर्व्यवहारका पीडितहरूलाई आर्थिक क्षतिपूर्तिको व्यवस्था पनि हुन थालेको उनले बताए । 

फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चले बालबालिकामाथि हुने यौन दुर्व्यवहारका घटनाको अनुसन्धानमा पनि पीडितहरूको मानसिक स्वास्थ्यमा नकारात्मक नतिजा पाइएको छ ।

प्रतिक्रिया दिनुहोस