२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावका लागि उम्मेदवारको घरदैलो अभियान तीव्र

अ+ अ-

दोधारा चाँदनी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

निर्वाचन आउन ११ दिन मात्रै बाँकी रहेकाले दलहरूले धेरै मतदातासम्म पुग्ने प्रयास गरिरहेका छन् । नेकपा एमालेका जिल्ला सहसचिव कर्ण चन्दले जिल्लाका ९२ वटै वडामा प्रचारप्रसार तीव्र पारिएको बताए । ‘निर्वाचन नजिकिँदै छ हामीले प्रचारप्रसार तीव्र पारेका छौँ ।’ उनले भने, ‘उम्मेदवार घरदैलोमा पुगेर आ–आफ्नो पक्षमा मत मागिरहेका छन् ।’ 

तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा सत्ता गठबन्धन र एमाले राप्रपा गठबन्धनका उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवारले पनि घरदैलो अभियानलाई तीव्र पारेका छन् । नेपाली काँग्रेस कञ्चनपुरका सचिव भीम भट्टले निर्वाचन आउन थोरै दिन भएकाले उम्मेदवार मतदाता रिझाउन व्यस्त रहेको बताए ।

‘गठबन्धनका उम्मेदवार विजयी गराउनका लागि टोल–टोलमा समिति बनाएर परिचालन गरेका छौँ ।’ उनले भने, ‘समय छोटो भएकाले टोल टोलमा भेला गरेर उम्मेदवारले आफ्ना एजेन्डा मतदातामाझ राख्दै हुनुहुन्छ ।’ उम्मेदवार घोषणापत्रसहित घरदैलोमा पुगेर अहिले मतदाताको मन तान्न लागिपरेका छन् । 

मतदाताले भने विकासका योजना ल्याउन सक्ने उम्मेदवारले जित्नुपर्ने बताएका छन् । होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदिशप्रसाद भट्टले विकास र समृद्धिको आवश्यकता भएकाले विकास ल्याउने उम्मेदवारले जित्नुपर्ने बताउछन् ।

‘महाकाली करिडोर निर्माण र दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाह निमार्ण गर्न सक्ने उम्मेदवारलाई जिताउनुपर्छ’, उनले भने, ‘अहिलेसम्म हामीले आश्वासन मात्रै पायौँ अब बोलेर हैन गरेर देखाउनेलाई मत दिनुपर्छ ।’ 

उनले गड्डाचौकी अत्तरिया सडक छ लेन र दैजी जोगबुढा सडक निमार्ण गर्न सके यहाँको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।  

निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले पनि तयारी तीव्र पारेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौ वटै स्थानीयतहका वडा मतदाता शिक्षाका लागि कर्मचारी खटिएका छन् । निर्वाचनका लागि सामग्री र जनशक्ति व्यवस्थापन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस