१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा एमाले परित्याग

अ+ अ-

काठमाडौँ ।  नेकपा(एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य ताराकुमारी शाहीले एमाले पार्टी परित्याग गरेकी छन् ।

 एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम् चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेकाका निवर्तमान उपप्रमुख शाहीले बुधवारबाट एमाले परित्याग गरेको घोषणा गरेकी हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दैलेखको बिन्द्रासैनी चामुण्डा नगरपालिकाको एमालेबाट उपप्रमुखमा विजयी भएकी शाही विगत लामो समयदेखि एमालेको राजनीति गर्दै आएकी थिइन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीमा स्वेच्छाचारिता बढ्दै गएकाले आफूले एमाले परित्याग गरेको उनले बताइन् । ‘नेकपा (एमाले) को नेतृत्वमा विकसित हुँदै गएको स्वेच्छाचारिता, निरङ्कुशता र गुटगत राजनीतिले पार्टी विधान र सिद्धान्तलाई निष्क्रिय बनाउँदै वर्षौँदेखि पार्टी निर्माणका लागि रगत पसिना बगाएका इमान्दार नेता कार्यकर्ताहरूलाई विस्थापित गर्दै आएको कुरा विभिन्न विकसित घटनाक्रमबाट प्रस्ट हुन्छ ।’ 

उनले भनिन्, ‘हिजो संसद विघटन गलत हो, संसद विघटन गर्नुहुँदैन भनेर भनेकै आधारमा भीम रावल, घनश्याम भुसाल जस्ता पार्टीका हस्तीलगायत हजारौँ नेता कार्यकर्तालाई गुटगत राजनीतिको सिकार बनाएर पार्टीको सङ्गठनको आन्तरिक प्रतिस्पर्धामा जान रोक लगाउनु, सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधी भूमिकामा रहेका गलत र गैह्र राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई  पार्टी सङ्गठनको जिम्मेवारी दिएर विधि विधानको उपहास गर्दै आएकोले म नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य पदबाट राजीनामा गरेको घोषणा गर्दै संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउन हुन हार्दिक अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहोस