२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जति नै गठबन्धन गरेपनि चुनावपछि एमालेको सरकार बन्ने निश्चित छ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी गरेका छन् । आज झापाको अर्जुनधारास्थित सुखानीसहित स्मृति पार्क (सालवारी) मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा मात्र नभई झापाका पाँच वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी बताए ।

उनले भने, “गठबन्धनका नाममा जति नै गठबन्धन गरिए पनि चुनावपछि नेकपा (एमाले) को सरकार बन्ने निश्चित छ ।” 

राष्ट्र निर्माणको गहन जिम्मेवारी लिएर हिँडेको एमालेलाई कुनै पनि गठबन्धनले रोक्न नसक्ने उनको भनाइ थियो । झापा २ मा नेकपा (एमाले) सँगै कुनै प्रतिस्पर्धा हुँदैन अध्यक्ष ओलीले भने, “यहाँ उम्मेदवार रहनुभएका देवराज घिमिरे झापाको मात्रै होइन विगत ४८ वर्षदेखि साविक मेची अञ्चलका आधाजसो मानिसको घरघरमा जनताका काम गर्न पुग्नुभएको छ, त्यो अर्थमा पनि उहाँको जित निश्चित छ । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरे, प्रदेशसभा सदस्य पदका उमेद्वारद्वय एकराज कार्की र तिलचन पाठकले समेत बोलेका थिए ।

अध्यक्ष ओली आज साँझ नै आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा गएका छन् । अध्यक्ष ओलीले झापा ५ मा आयोजना गरिने विभिन्न कार्यक्रमलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस