२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप : मधेसविरुद्ध पुलिस क्लबको फराकिलो जित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बलिङमा कुशल भुर्तेल चम्किएपछि मधेस प्रदेशमाथि मङ्गलवार १९२ रनको फराकिलो विजय हासिल गर्दै नेपाल पुलिस क्लब समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनलमा पुगेको छ ।

समूह चरणका खेलमा शतप्रतिशत जित निकालेको पुलिसले चार खेलबाट आठ अङ्क जोड्यो । हारका बाबजुद उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको मधेसले पाँच अङ्क जोड्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको २७४ रनको लक्ष्य पछ्याएको मधेसले २९.२ ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

मधेसलाई सस्तैमा समेट्न पुलिसका कुशल भुर्तेलले पाँच विकेट लिए । कुशलले ८.३ ओभरमा दुई मेडन राख्दै २२ रन खर्चिए । करण केसीले तीन र राशिद खानले दुई विकेट लिए ।

मधेसका मोहम्मद आदिल आलमले ४२ रन बनाए । रतन रौनकले ११ र हरिशंकर साहले १० रनबाहेक अरू खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

यसअघि, अमित श्रेष्ठ, आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले अर्ध शतक बनाएपछि टस जितेर ब्याटिङमा उत्रिएको पुलिसले ४९.१ ओभरमा सबै विकेट गुमाएर २७३ रन बनाएको थियो ।

पुलिसका आरिफले ८६ बलमा आठ चौका र एक छक्कासहित ७३ रन बनाए । अमितले ९६ बलमा ६५ रन बनाउँदा नौ चौका प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ बलमा तीन चौका र एक छक्कासहित टिमको खातामा ५१ रन थपे । दिलीप नाथले ४० र ओपनर सुनिल धमलाले ११ रन जोडे ।

मधेसका रुपेश सिंह र राजेश यादवले समान तीन विकेट लिए । मोहम्मद आदिल आलमले दुई विकेट लिँदा विशाल पटेल र हरिशंकर साहले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस