२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री बन्न मरिहत्ते गरेको छैन, अवसर पाए पछि हट्दिनँ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका तीन जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्न मङ्गलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत उडे।

प्रचण्ड सवार हेलिकप्टर सुर्खेत आउने क्रममा मौसम खराबका कारण सल्यान खलङ्गामा आकस्मिक अवतरण भयो। केही समय सल्यानमा रहेका अध्यक्ष प्रचण्डले सल्यानका पत्रकारहरूसँग संक्षिप्त कुराकानी पनि गरेका छन्।

उनले पत्रकारसँग छोटो कुराकानी गर्दै आम निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने तर, आफू प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने दाबी गरे। तर, अवसर आएपछि आफू पछि नहट्ने उनले भने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘मंसिर ४ पछि पनि गठबन्धनकै सरकार बन्छ। अहिले प्रधानमन्त्री को बन्छ भन्नेमा हाम्रो सहमति भएको छैन। तर, म प्रधानमन्त्रीकै लागि मरिहत्ते गर्दिनँ। यदि प्रधानमन्त्री लिने अवसर आएपछि पछि पनि हट्दिनँ।’

यस्तै, प्रचण्डले प्रतिगमनबिच मंसिर ४ मा ठुलो ब्याटल हुन लागेको उल्लेख गरे। एमाले सहितका अन्य दलहरूको गठबन्धन प्रतिगमनको भएको र काँग्रेस र आफू सहितका दलहरूको गठबन्धन अग्रगमन भएको दाबी गरेका छन्।

के के छन् कर्णालीमा कार्यक्रम ?
सल्यानबाट प्रचण्डले यति बेला जुम्लामा पुगेका छन्।

आगामी मंसिर ४ गते हुने सङ्घ तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी जुम्लामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न जुम्ला पुगेका हुन्। कर्णाली प्रदेशका तीन जिल्लाका विभिन्न पाँच स्थानमा हुने वाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न गर्न अध्यक्ष प्रचण्डसहित नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का पनि जुम्ला पुगेका छन्।

जुम्लाको शेरा खेत र सिञ्जामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरेर प्रचण्ड हुम्लाको सर्केगाडमा आयोजित सभालाई सम्बोधन गर्न जाने कार्यतालिका रहेको माओवादी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्।

त्यसपछि प्रचण्डले कालिकोटको खाँडा चक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस