प्रभु बैङ्कका संस्थापक सेयरधनीद्धारा ५० लाख कित्ता सेयर बिक्री « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

प्रभु बैङ्कका संस्थापक सेयरधनीद्धारा ५० लाख कित्ता सेयर बिक्री


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । प्रभु बैङ्कका संस्थापक सेयर धनीले ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

बैङ्कका आठ जना संस्थापक सेयर धनीले सेयर बिक्री गर्न लागेका हुन् ।

यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन सकिने बैङ्कले जानकारी गराएको छ । बैङ्कका विद्यमान संस्थापक सेयर धनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

बैङ्कले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कवोल गरी आवेदन पेस गर्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुकले २२ कात्तिकबाट प्रभु बैङ्कको प्रधान कार्यालय बबरमहल काठमाडौँमा निवेदन दिनुपर्नेछ। यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस