२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्ड जीले प्रधानमन्त्रीको दाबी गर्नुभएको छैन : प्रकाशशरण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व काँग्रेसले नै गर्ने पुन: दोहोर्‍याएका छन् ।

नेपाल प्रेस युनियन मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी नगरेको बताए ।

उनले भने, ‘निर्वाचनपछि गठबन्धन सरकार बन्छ । त्यसको नेतृत्व काँग्रेसले गर्छ भन्नेमा द्विविधा छैन । अहिलेसम्म प्रचण्ड जीले प्रधानमन्त्रीको दाबी गर्नुभएको छैन । समर्थक शुभेच्छुकले भन्नु स्वाभाविक हो ।’

उनले संविधानको रक्षा र आवश्यक परिमार्जन गरेर आफूहरू अगाडि बढ्ने बताए । संविधानलाई पन्छाएर देशलाई अन्योल पार्नेको भ्रममा नपर्न महतको आग्रह थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई विभाजन गराउने नेतृत्व गरिरहेको उनले आरोप लगाए । महतले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले देश विकासका लागि सबैलाई मिलाएर लगेको भन्दै काँग्रेस नेतृत्वको गठबन्धनले नै देशको विकास गर्न सक्ने बताए ।

एमाले गठबन्धनको लक्ष्य देशलाई उल्टोतिर लानेतर्फ मात्रै भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस