एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी एमाले प्रवेश « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी एमाले प्रवेश


२१ कार्तिक २०७९, सोमबार


सुर्खेत । नेकपा एकीकृत समाजवादीका जुम्ला अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी एमालेमा प्रवेश गर्ने भएको छ ।

जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहितको जिल्ला कमिटी एमाले प्रवेश गर्न लागेका हुन् ।

आज पत्रकार सम्मेलनमार्फत पार्टी प्रवेशको आधिकारिक जानकारी गराइने भएको छ । भोलि औपचारिक रूपमा पार्टी प्रवेशको कार्यक्रम रहेको छ ।

एमाले प्रवेश गर्ने खबरले एकीकृत समाजवादी जुम्लामा हङ्गामा मच्चिएको छ । अध्यक्षसहितको प्रवेशले तीन हजार बढी मत एमालेमा बढ्ने एमालेको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस