रुपन्देही प्रशासनद्वारा मदिरा किनबेच र सेवनमा रोक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रुपन्देही प्रशासनद्वारा मदिरा किनबेच र सेवनमा रोक


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मदिरा बिक्रीवितरण र सेवनमा रोक लगाएको छ ।

शनिबार एक सूचनामार्फत मंसिर ४ सम्मका लागि मदिरा किनबेचमा प्रतिबन्ध लगाएको जानकारी गराइएको हो । कार्यालयका सूचना अधिकारी सहायक सीडी‌ओ रामचन्द्र अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्रालयको निर्देशनअनुसार उक्त निर्णय गरिएको बताए ।

निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन निर्वाचनको १५ दिन अगाडिको प्रचारप्रसार अवधिमा मदिरा बिक्री वितरण र सेवनमा निषेध गरिएको सूचनामा उल्लेख छ । प्रशासनको निर्णय सर्वसाधारण र व्यवसायीले जानकारी पाउन नसकेका कारण मदिरा बिक्री र प्रयोगमा नियन्त्रण भने देखिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस