तीन करोड बढी राजस्व छलेको अभियोगमा गुप्ताविरुद्ध मुद्धा दायर  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तीन करोड बढी राजस्व छलेको अभियोगमा गुप्ताविरुद्ध मुद्धा दायर 


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । तीन करोड असी लाख उनन्साठी हजार पाँच छबिस रुपैयाँ राजस्व छलेको अभियोगमा राजस्व अनुसन्धान विभागले शौरभ गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ । 

भन्सार छलीको मालसामान पैठारी गर्दै भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छली गरेको भन्दै श्री साई रामकुमार गुप्ता(स्थायी लेखा नम्बर ६०५८९५७६८) का प्रोप्राइटर गुप्ताविरुद्ध मुद्धा दायर गरिएको हो । 

चितवन भरतपुर महानगरपालिका, वडा नं. ३ सहिद चौक स्थितमा श्री साई रामकुमार गुप्ता (स्थायी लेखा नम्बर ६०५८९५७६८) भरतपुर–३ ले भन्सार छली गरी मालसामान पैठारी गरी  लुकाई छिपाई खरिद बिक्री गरी राजस्व चुहावट गरेको विशेष सूचनाको आधामा कारोबार स्थलमा गई भौतिक गणना गरी आवश्यक कागजातहरू नियन्त्रणमा  लिई अनुसन्धान गर्दा भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले जनाएको छ । 

‘प्रतिवादी श्री साई रामकुमार गुप्ता (स्थायी लेखा नम्बर ६०५८९५७६८)  भरतपुर–३ को प्रोप्राइटर शौरभ गुप्ताले गरेको उपरोक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ (क), (ख) र (झ) बमोजिमको राजस्व चुहावटको कसुर अपराध गरेको पुष्टि हुन आएकोले प्रतिवादी श्री साई रामकुमार गुप्ता (स्थायी लेखा नम्बर ६०५८९५७६८)  भरतपुर–३ को प्रोप्राइटर शौरभ गुप्तालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा २(छ१) बमोजिम गणना गरिएको तीन करोड असी लाख उनन्साठी हजार पाँच छबिस रुपैयाँ बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २३(१) बमोजिमको सजाय हुन तथा सोही ऐनको दफा २३(४) बमोजिम बुझाउनुपर्ने राजस्व रकमको ब्याज समेत असुल उपर हुन मागदावी लिई अभियोग पत्र दायर गरिएको छ’, विभागले भनेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस