२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण अफ्रिकालाई हराएको भाग्यमानी नेदरल्याण्ड्स टी-२० विश्वकपमा सिधै छनोट

अ+ अ-

काठमाडौं । नेदरल्याण्ड्स सन् २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी-२० विश्वकपमा सिधै छनोट भएको छ ।

हाल अस्ट्रेलियामा भइरहेको टी-२० विश्वकपको शीर्ष ८ मा रहँदै एसोसिएट राष्ट्र नेदरल्याण्ड्स सिधै छनोट भएको हो । आइतबार सुपर १२ अन्तर्गत ग्रुप टु को खेलमा नेदरल्याण्ड्सलाई दक्षिण अफ्रिकामाथि अप्रत्याशित जित निकाल्दै दक्षिण अफ्रिकालाई विश्वकपबाटै आउट गरेको थियो ।

आइतरबारकै अन्य दुई खेलमा पाकिस्तानले बंगलादेशलाई र भारतले जिम्बावेलाई पराजित गरेपछि नेदरल्याण्ड्स ६ टिम रहेको ग्रुप टु मा बङ्गलादेश र जिम्बावेभन्दा अघि रहँदै चौथो भयो । यसको अर्थ नेदरल्याण्ड्स समग्रमा शीर्ष ८ भित्र पर्न सफल भयो । ग्रुप वानबाट न्युजिल्याण्ड, इंग्ल्याण्ड, अस्ट्रेलिया र श्रीलङ्का तथा ग्रुप टु बाट भारत, पाकिस्तान, दक्षिण अफ्रिकासँगै नेदरल्याण्ड्सले २०२४ को टी-२० विश्वकपमा सिधै स्थान पक्का गरेका हुन् ।

आयोजकद्वय वेष्ट इन्डिज र अमेरिका आयोजकको हैसियतमा सिधै छनोट भइसकेका छन् । वेष्ट इन्डिज जारी विश्वकपमा सुपर १२ मा समेत पुग्न सकेन भने अमेरिका यस विश्वकपमा छनोट भएको थिएन ।

आयोजक दुई र टी-२० विश्वकपको शीर्ष ८ गरी १० टिम अर्को टी-२० विश्वकपका लागि छनोट भइसकेका छन् ।

आइसिसीले २०२४ को टी-२० विश्वकपमा २० टिम सहभागी हुने निर्णय गरिसकेको छ । अस्ट्रेलियामा जारी विश्वकपपछि छनोट भइसकेका दश बाहेक वरीयतामा माथि रहने अन्य दुई टिम पनि सिधै अर्को टी-२० विश्वकपमा छनोट हुनेछ । अहिलेको अवस्थामा अफगानिस्तान र बङ्गलादेश वरियतामा अघि छ ।

बाँकी ८ टिम भने छनोट मार्फत विश्वकपमा पुग्नेछन् । यस बाहेक टेस्ट राष्ट्र जिम्बावे र आयरल्याण्डले अर्को विश्वकपका छनोट खेल्नुपर्नेछ । यस्तै अस्ट्रेलियामा विश्वकप खेलेका एसोसिएट राष्ट्रहरू स्कटल्याण्ड, युएई र नामिबियासहित नेपाल, ओमान, पपुवा न्यु गिनी जस्ता टिमहरुले भने अब क्षेत्रीय छनोट खेल्नुपर्नेछ ।

आगामी टी-२० विश्वकपका लागि आइसिसीले ग्लोबल छनोट नगरी क्षेत्रीय स्तरमा छनोट प्रतियोगिता गर्ने शीर्ष टिमहरूलाई छनोट गर्ने निर्णय गरेको छ ।

एसिया, युरोप र अफ्रिकाबाट दुई(दुई तथा अमेरिका र ओसियाना क्षेत्रबाट एक(एक गरी कूल ८ टिम छनोट खेल्दै २०२४ को टी-२० विश्वकपमा पुग्नेछन् । नेपाल टी-२० विश्वकपमा छनोट हुन एसियामा शीर्ष दुईमा पर्नुपर्नेछ । एसियामा नेपालसहित युएई, ओमान, हङकङ, सिंगापुर, बहराइन लगायत टिमले छनोट खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस