२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइराम पोखरीको अतिक्रमण हटाउँदै वीरगञ्ज महानगर

अ+ अ-

काठमाडौँ। वीरगञ्ज महानगरपालिकाले आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना हटाउने भएको छ । 

पोखरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाको निस्सा पेस गर्न सम्बन्धित व्यक्तिहरूलाई आग्रह गर्दा प्रमाण देखाउन नसकेपछि अतिक्रमण हटाउने तयारी महानगरले गरेको हो ।

१५ कात्तिकमा दुई दिन भित्र निस्सा पेस गर्न आग्रह गर्दै महानगरले पत्र काटेको थियो । तर, पाँच दिनको समय अवधि सकिँदा एक जना बाहेक कसैले पनि निस्सा पेस नगरेको महानगरको भनाइ छ । आइतबार नगर प्रहरीसहित नक्सा शाखाको टोली सम्बन्धित व्यक्तिहरूकै घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह गरेको महानगरले जानकारी दिएको छ । मुख्य सडकमा पर्ने संरचना हटाउन महानगरले ३५ दिने सूचना नै जारी गरेको थियो । महानगरले निस्सा नभए व्यक्तिहरूलाई आफैँले संरचना भत्काएर सामान सुरक्षित ठाउँमा राख्न भनेको थियो ।

नक्सा शाखा प्रमुख रामसेवक महतोले २४ घण्टाभित्र सबैको कागजात आएपनि/नआएपनि अमिनको टोली खटाएर पोखरीको जमिन नापजाँच गर्ने बताए ।

पुराना नापीमा ८ धुर ४ कनवा जमिन भएका व्यक्तिको नयाँ नापीमा २४ धुर जमिन निस्केको बताउँदै उनले बाँकी जग्गा कहाँबाट आयो त ? भन्दा पोखरी कै हो भन्ने निष्कर्षमा पुगेको बताए ।

०२२ सालको नापीमा पोखरी ४ बिघा १३ कठ्ठा क्षेत्रफलमा फैलिएको देखिएको छ । अतिक्रमण गरी निजी भवन, अस्पताल बनाउन थालेपछि पोखरी १८ कट्ठामा मात्रै सीमित बनेको छ । पोखरीको बचेको जग्गामा चिल्ड्रेन पार्क बनाइएको छ ।

पोखरीको वरपर नक्सा पास नगरी बनाइएका संरचना छिट्टै हटाइने मेयर राजेशमान सिंहले जानकारी दिए ।

४ बिगाहा १३ कट्ठाको पाखरी १८ कठ्ठामा सीमित भएको बताउँदै उनले पुरानो नक्सा पनि निकालेर अध्ययन भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस