निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि पक्राउ परेका वडाध्यक्ष रिहा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि पक्राउ परेका वडाध्यक्ष रिहा


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । बारा क्षेत्र नं‍.४ को निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि दिउँसो पक्राउ परेका वडा अध्यक्ष सुनिल गुप्तालाई प्रहरीले रिहा गरेको छ ।

समर्थकहरूले रिहाइको माग गर्दै त्रिभुवन राजमार्ग नै अवरुद्ध गरेपछि प्रहरीले स्थितिलाई साम्य पार्न वडा अध्यक्ष गुप्तालाई रिहा गरेको हो ।

बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय समेत रहको जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गरेको आरोपमा वडा अध्यक्ष गुप्तालाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो ।

गुप्ता वडा नं.७ जीतपुरका वडा अध्यक्ष हुन् । निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेकोले गुप्तालाई पक्राउ गरिएकोमा पछि छोडिएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले जनाएको छ । 

अबका दिनमा यस्तो गल्ती नगर्ने शर्तमा वडा अध्यक्ष गुप्तालाई छोडिएको उनको भनाइ छ । वडा अध्यक्ष गुप्तासँगै पक्राउ परेकी वडा सदस्य सिता उप्रेतीलाई पनि प्रहरीले रिहा गरेको छ ।

वडा अध्यक्ष गुप्ताले भने वडामा सरसफाइ प्रभावकारी नहुँदा लामखुट्टेको प्रकोप बढेर डेंगुको संक्रमण फैलिएपछि औषधि छर्कन अनुरोध गर्न नगरपालिका गएको बताएका छन् । मेयर राजन पौडेल, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्न पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आइतबार जनतासहित कार्यालयमा गएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस