बैतडीका २ पालीकामा सार्वजनिक बिदा  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बैतडीका २ पालीकामा सार्वजनिक बिदा 


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । बैतडीको मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। स्थानीय मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको हो।

मेलौली भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा कार्तिक २१ र २२ गते दुई दिन सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ। 

मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने भएकाले सो दिन नगरपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ । 

सो जात्रामा भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन्। 

यस्तै सुर्नया गाउँपालिकाले कार्तिक २२ गते  सार्वजनिक बिदा दिएको छ।

वडा नं.५ स्थित फाङलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि पालिकाले सार्वजनिक बिदा दिएको हो। बिदाको दिन पालीका मातहतका सबै सरकारी तथा गैर सरकारी सङ्घसंस्था बन्द रहने सूचनामा उल्लेख गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस