२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडासचिव र जनस्वास्थ्यका कर्मचारीलाई हटाउनुपर्ने मागसहित वडा कार्यालयमा ताला

अ+ अ-

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका-१४ को वडा कार्यालयमा वडासदस्यहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।

वडा वडाध्यक्ष पुण्यप्रताप यादवले मनपरी ढंगले काम गर्ने गरेको भन्दै वडासदस्यहरुले आइतबार विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा कार्यालयमा अवकाश प्राप्त सचिव रामचरण मण्डल र जनस्वास्थ्य कार्यालयका कार्यालयका एक सहयोगीलाई कार्यालय परिसरमै कुर्सी टेबुलको व्यवस्था गरी बसाएर सेवाग्राहीबाट अतिरिक्त रकम (घुस) लिने गरेको, निर्वाचित भएको ६ महिना बित्दा काम नगरी वडासदस्यले नगर्न दिएको आरोप लगाउने गरेको, महिनामा अनिवार्य हुने तीनवटा बैठक बस्न नदिएको, वडा कार्यालयमा नियमित नबस्ने गरेको लगायतको आरोप वडासदस्यहरुको छ ।

पटक पटक यस विषयमा वडाध्यक्षलाई ध्यानाकर्षण गराउँदा समेत वास्ता नगरेपछि चारजनै वडासदस्यले बाध्य भएर तालाबन्दी गरेको  एक वडासदस्यले बताए ।  

वडामा महिनामा हुने तीनवटा बैठक समयमा हुनु पर्ने, वडाको बैठकको निर्णय अनुसार काम गर्नुपर्ने, पूर्व वडासचिव र जनस्वास्थ्यका कासलाई कार्यालय परिसरबाट हटाउनु पर्ने, सरसफाईमा प्रयोग भएको ट्याक्टर र खर्च पारदर्शी हुनुपर्ने, वडा भित्रको सामुदायिक विद्यालयमा पठनपाठन सुधार हुनुपर्ने लगायतको आफूहरुको माग रहेको वडासदस्य जीवछ दासले बताए ।

माग सम्बोधन नभएसम्म तालाबन्दी कायमै राख्ने उनीहरूको भनाइ छ ।

यस वडामा वडाध्यक्ष यादव जनता समाजवादी पार्टीबाट निर्वाचित छन् भने वडासदस्यहरु काँग्रेसबाट निर्वाचित छन् ।

प्रतिक्रिया दिनुहोस