शेखर कोइरालाले सार्वजनिक गरेको सङ्कल्प पत्रमा के छ ? « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

शेखर कोइरालाले सार्वजनिक गरेको सङ्कल्प पत्रमा के छ ?


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धनका उम्मेदवार शेखर कोइरालाले सङ्कल्प पत्र सार्वजनिक गरेका छन्।

संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि भन्दै उनले सङ्कल्प पत्र सार्वजनिक गरेका हुन्।

‘म तपाईँहरूको मतको अपमान हुन दिने छैन। शिर झुक्न दिने पनि छैन। आगामी मंसिर ४ गते तपाईँहरूको मतबाट हुने विजय हामी सबैको विजय हुनेछ,’ कोइरालाले भनेका छन्।

साथै उनले आफू उम्मेदवार भएको क्षेत्र मात्र नभई समग्र राष्ट्रलाई नै असल शासन र समुन्नतिको बाटोमा अघि बढाउन चाहेको उल्लेख गरेका छन्।

उनले निर्वाचन क्षेत्रभित्र खानेपानी लगायतको समस्या रहेको पनि बताएका छन् भने ती समस्या समाधान गर्न पहल गर्ने बताएका छन्। साथै विराटनगर चक्रपथको काम पनि छिटो सक्न पहल गर्ने सङ्कल्प पत्रमा उल्लेख छ।

केशलिया, गछिया, सिंगिया नदी कटान रोक्नका लागि तटबन्ध निर्माणलाई प्राथमिकतामा राख्ने कोइरालाले बताएका छन्। विराटनगर विमानस्थलको स्तरउन्नती गर्ने र पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधारका लागि काम गर्ने उनले उल्लेख गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस