जगन्नाथ पौडेललाई बिपी काँग्रेसले साथ दिने « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

जगन्नाथ पौडेललाई बिपी काँग्रेसले साथ दिने


१९ कार्तिक २०७९, शनिबार


चितवन . पूर्व सांसद तथा अधिवक्ता जगन्नाथ पौडेललाई नेपाली काँग्रेस बिपी पार्टीले साथ दिने भएको छ।

पौडेल समूहलाई समर्थन गर्दै बिपी समूह चितवनमा घरदैलोमा निस्किएको छ। काँग्रेस बिपी पार्टीका जिल्ला अध्यक्ष टेकप्रसाद बस्यालले सत्य र निष्ठाको लडाइँ गर्दै गर्दा आज पैसा खर्च गर्न सक्नेहरूले भोट किनेको र सच्चा काँग्रेसलाई नै प्रभावित पारेको आरोप लगाए।

जगन्नाथ पौडेलले बिपीवादको अनुसरण गरेको हुँदा सच्चा काँग्रेसहरूले अब रुखको विकल्पमा सूर्यमुखी फूलमा मतदान गर्न आग्रह गरे।

पौडेलले क्षेत्र–३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन्। उनले नेपाली काFग्रेसबाट भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका थिए।

यस पटक पनि नेपाली काँग्रेसले गठबन्धन गरेर नेकपा माओवादीका उम्मेदवारलाई समर्थन गरेसँगै असन्तुष्ट काँग्रेस मतदाताहरूको भोट तान्ने मनसायमा उनी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस