२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही-३ : यस्तो छ एमाले-राप्रपा-जसपाको १३० बुँदे प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । रुपन्दे-३ को प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रका लागि नेकपा एमाले, राप्रपा र जसपाको गठबन्धनले १३० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

यहाँ प्रतिनिधिसभामा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा र प्रदेशसभामा जसपाका महेन्द्र यादव र एमालेका तुलसीप्रसाद चौधरी उम्मेदवार छन् ।

प्रतिबद्धता पत्रमा बेलहिया नाकालाई व्यवस्थित गर्न एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण, गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन, खुला सीमा व्यवस्थापन, भीम अस्पताललाई ५० शय्याबाट सय शय्यामा स्तरोन्नति, बृहत् फोहारोमैला प्रशोधन केन्द्रको स्थापनालाई प्राथमिकतामा राखिएको छ ।

यस्तै विशेष आर्थिक क्षेत्र (सेज) लाई पूर्णता, पूर्वाधार विकास तथा निर्माणलाई छिटोछरितो गराउन विकास प्राधिकरणको स्थापना, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान स्थापना, भैरहवाको डण्डाखोला करिडोर निर्माण, तिनाउ नदीको नियन्त्रणका लागि जनताको तटबन्ध, बुटवल-बेथरी सडक निर्माण पूरा गर्ने पनि प्रतिबद्धता जनाइएको छ ।

यस्तै शुद्धोधन गाउँपालिका र बेलवा जोड्न दानव नदीमा पुल निर्माण, पत्थर डाँडादेखि तिनाउसम्म सडक विस्तार, भलबारीदेखि तीनधुरा कुट्टा सडक स्तरोन्नति, बाउन्नकोटी सामुदायिक वनमा पर्यटकीय पार्क निर्माण, ग्रामीण क्षेत्रलाई समेटेर चक्रपथ निर्माण, तिलोत्तमा-१३ मा प्रादेशिक बसपार्क निर्माण, पक्लिहवास्थित छोटी भन्सारलाई पुनः सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. १७, १८, शुद्धोधन गाउँपालिका ३ र सियारी गाउँपालिका ७ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्र प्रभावित बासिन्दाको उचित व्यवस्थापन, भैरहवा कारागार र सैनिक ब्यारेकलाई उपयुक्त स्थानमा स्थानान्तरण, साना तथा घरेलु उद्योगहरूलाई वार्षिक दुई करोडसम्मको कारोबारलाई मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको दायराभन्दा बाहिर राखिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

स्थानीय उद्योगहरूबाट उत्पादन हुने दैनिक उपभोग्य वस्तुहरू सार्वजनिक वितरण प्रणालीबाट सरकारले खरिद गरी सस्तो मूल्यमा बिक्री वितरणको व्यवस्था मिलाइने, निजी सवारी साधनको नवीकरण गर्दा लाग्ने वार्षिक शुल्कलाई कम्तीमा पाँच वर्षमा मात्र नवीकरण शुल्क लाग्ने व्यवस्था पहल गरिने उल्लेख छ ।

महत्त्वपूर्ण सार्वजनिक स्थानहरूमा ‘फ्रि वाइफाइ जोन’ तथा विभिन्न स्थानहरूमा आधुनिक सूचना केन्द्रहरू स्थापना, भैरहवामा सुविधा सम्पन्न श्रम कार्यालय तथा अध्यागमन कार्यालय स्थापना गर्ने पनि तीन पार्टीको प्रतिबद्धता छ ।

भ्रष्ट्राचार, घुसखोरीको अन्त्य गर्दै आर्थिक सुशासन कायम गर्न उच्च ओहदामा रहेका व्यक्तिहरूले आर्जन गरेको सम्पत्ति तथा अस्वाभाविक खर्चहरू र सोका आम्दानीका स्रोतहरू ऐन, नियमको दायरामा लाई नियमित रूपमा निगरानी गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस