२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा नमुना मतदान कार्यक्रम सुरु

अ+ अ-

काठमाडौँ । जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सञ्चालन गरेको छ । मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार मतदान गर्ने तरिकाबारे जानकारी दिन नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । पाटन नगरपालिकाबाट सुरु भएको यो कार्यक्रम जिल्लाका अन्य नौ वटै स्थानीय तहमा पनि सञ्चालनको तयारी भएको छ ।

निर्वाचन आयोगको कार्यक्रमअनुसार स्थानीय तहका केन्द्र आसपासका क्षेत्रमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सोहीअनुसार उक्त नगरपालिकाको पाटन बजार क्षेत्रमा नमुना मतदान कार्यक्रममा सात मत बदर भएको थियो । एक जनाले चार मतपत्रमा मतदान गर्नुपर्ने उक्त कार्यक्रममा ७१ जनाले मतदान गर्दा दुई सय ८४ मत खसेको र सात मत बदर भएको थियो ।

नमुना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिन लागिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलको भनाइ छ । नमुना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । पाटनपश्चात् पुर्चौडीमा नमुना मतदान गरिने उक्त कार्यालयले जनाएको छ ।

आसन्न निर्वाचनमा एक मतदाताले प्रत्यक्ष र समानुपातिक गरेर चार मतपत्रमा मतदान गर्नुपर्नेछ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन मतदाता शिक्षा सञ्चालनको पनि तयारी भएको छ । समुदायस्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

आयोगले आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकाले मतदान गर्न पाउने छन् । जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस