आयोगद्वारा मधेस प्रदेश सरकारसँग गाडीको विवरण माग « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आयोगद्वारा मधेस प्रदेश सरकारसँग गाडीको विवरण माग


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरूले चुनाव प्रचारमा सरकारी सवारी साधन प्रयोग गरेको विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेश सरकार सचिवालयसँग विवरण माग गरेको छ ।

मुख्यमन्त्री र मन्त्री र प्रदेशसभाका विभिन्न समितिका निवर्तमान सभापतिहरूले सरकारी सवारी साधनमा निजी नम्बर प्लेट राखेर निर्वाचन प्रचारमा हिँडेको उजुरी परेपछि आयोगले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयसँग विवरण माग गरेको हो ।

उल्लेखित पदाधिकारीहरूलाई सरकारी सुविधास्वरुप तहाँबाट उपलब्ध गराइएका सवारी साधनहरू‘फिर्ता गरी दाखिला भए नभएको यकिन विवरणसमेत यो पत्र प्राप्त भएको दुई दिनभित्र पछिसम्म फरक नपर्ने गरी आयोगलाई उपलब्ध गराउनुहुन निर्णयअनुसार अनुरोध गरिन्छ’ आयोगले पठाएको पत्रमा भनिएको छ ।

आयोगले मुख्यमन्त्री, मन्त्री र प्रदेशसभाका विभिन्न समितिका सभापतिले सरकारी सवारी साधन प्रयोग गरेको भए त्यस्ता सवारी साधन नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

पदबाट हटेपछि पनि सरकारी सवारी साधन नबुझाई लगेको वा त्यस्ता सवारी साधन निजी नम्बर प्लेट राखेर प्रयोग गरेको भेटिए नियन्त्रणमा लिन निर्देशन दिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस