काठमाडौँ । पाल्पाको रामपुर नगरपालिकाले हिन्दु धर्माबलम्बीहरुको महत्त्वपूर्ण चाड एकादशी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको कार्यालय मातहतका सम्पूर्ण वडा कार्यालय, शिक्षण संस्था, आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूमा स्थानीय बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
कार्तिक १८ गते शुक्रबार (भोलि) नगरपालिका मातहतका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घ संस्था बन्द रहने नगरप्रमुख रमण बहादुर थापाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
