सन्धिखर्क नगरपालिकामा भोलि सार्वजनिक बिदा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सन्धिखर्क नगरपालिकामा भोलि सार्वजनिक बिदा


१७ कार्तिक २०७९, बिहिबार


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हरिबोधनी एकादशीको दिन भोलि (शुक्रवार) सार्वजनिक बिदा दिएको छ । 

सन्धिखर्कमा भोलि हरिबोधनी एकादशीको दिन विशेष मेला तथा भैलो प्रदर्शनी हुने भएकोले सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ । 

नगर प्रमुखस्तरीय निर्णय गरी पालिकाले सार्वजनिक बिदा दिएको हो । भोलि नगरभित्र रहेका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य चौकी बन्द रहने सूचनामा उल्लेख छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस