हाम्रो क्षेत्रलाई नमुना बनाउँछु : पर्यटनमन्त्री श्रेष्ठ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हाम्रो क्षेत्रलाई नमुना बनाउँछु : पर्यटनमन्त्री श्रेष्ठ


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा बाम लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ ८ मा प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार जीवनराम श्रेष्ठले आसन्न निर्वाचन लक्षित घरदैलो अभियान सुरु गरेका छन्। बिहीबार काठमाडौँको स्वयम्भूबाट अभियान सुरु गर्दै मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाए।  

सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम तीव्र रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै उनले उक्त क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने बताए। अघिल्लो कार्यकालमा पनि आफ्ना अधिकांश प्रतिबद्धता पुरा गरेको बताउँदै उनले संघीय संसदमा रहेर जनमुखी कानुन बनाउन तथा आफ्नो निर्वाचन क्षेत्रलाई नमुना बनाउन सक्रिय भूमिका खेल्ने बताए। शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार पर्यटन लगायत बहुआयमिक विकासमा आफू केन्द्रित हुने उनले बताए।

‘सबै क्षेत्रसँगको सहकार्यमा व्यवस्थित र नमुना क्षेत्र बनाउन सकिन्छु मतदातासँगमन्त्री श्रेष्ठले भने, ‘पर्यटकीय आकर्षणका योजनाहरू पनि अघि बढाउँछु।ु घरदैलो अभियानको पहिलो दिन बिहीबार काठमाडौँ ८ का भगवान् पाउ, विजेश्वरी, बडेगाल,फुर्के सल्ला, तल्लो विजेश्वरी, सशुख्वाट मार्गर डल्लु चौतारा क्षेत्रमा बाम(लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरूले मतदाता भेटघाट गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस