‘हामी संसदमा जान तम्तयार छौँ’ : रवि लामिछाने « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

‘हामी संसदमा जान तम्तयार छौँ’ : रवि लामिछाने


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन्।

बिहीबार काठमाडौँमा चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताका सामान्यभन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए।

आफू देश दौडामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको उनको भनाइ छ।

सभापति लामिछानेले बलियो प्रतिपक्षी नहुँदा देशमा विकास हुन नसकेको बताए। सधैँ नेताले जितेको र अब जनताले जित्नु पर्ने र भ्रष्टाचार अन्त्य हुनुपर्नेमा उनले जोड दिए।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, राप्रपालगायतका पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस