१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको हेलिकोप्टरबाट जुम्लामा मतपत्र ल्याइँदै

अ+ अ-

जुम्ला । जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र पुर्‍याइएको छ । निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ल्याएको हो ।

नेपाली सेना नन्द बक्स गणका गणपति रविन थापाका अनुसार बुधबार दुई पटक नेपाली सेनाको हेलिकोप्टरले मतपत्र ओसारेको जानकारी दिए ।

उनले कर्णाली राजमार्ग भत्किएकाले हेलिकोप्टरमा मतपत्र ल्याउनु परेको बताए। काठमाडौँबाट सुर्खेत गाडीमा आएको र सुर्खेतबाट हेलिमा जुम्ला ओसार्ने काम सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा ठुलो ट्रकमा मतपत्र जुम्ला ल्याइएको थियो। तर यस पटक बाटो साँघुरो भएकाले हेलिमा ल्याउनु परेको बताइएको छ ।

जुम्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस विष्णुप्रसाद गौतमका अनुसार निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट बुधबार हेलिकोप्टरमा समानुपातिक तर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । उनका अनुसार प्रतिनिधिसभा समानुपातिक तर्फ ७७ हजार र प्रदेशसभा समानुपातिक तर्फ ७४ हजार मतपत्र जुम्ला ल्याइ सुरक्षित गरिएको छ ।

समानुपातिकको चार हजार मत आउन बाँकी छ । मुख्य निर्वाचन अधिकृत गौतमका अनुसार बिहीबार प्रत्यक्षतर्फको मतपत्र हेलिकोप्टरबाटै ल्याइनेछ । जुम्लामा प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको लागि ७६ हजार मतपत्र र प्रदेशसभा (क) का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा (ख) का लागि ३६ हजार मतपत्र माग गरिएको र त्यो मत पत्र बिहीबार सुर्खेतबाट हेलिकोप्टरमा आउने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार जुम्लामा आगामी मंसिर ४ गते हुने निर्वाचनमा जम्मा मतदाता संख्या ६८ हजार ६ सय ३८ रहेको छ । जसमा प्रदेश (क) मा ३६ हजार सात सय ८३ र प्रदेश (ख) मा ३१ हजार आठ सय ५५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस