१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोशनी-शरद हत्या प्रकरण : प्रहरीले पक्रियो हेटौँडाका युवक, अनुसन्धान जारी

अ+ अ-

काठमाडौँ । तुलसीपुरमा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यले हत्या काण्डअन्तर्गत प्रहरीले हेटौँडाका अर्का एक युवकलाई पनि पक्राउ गरेको छ।

उनीहरूको शव फेला परेकै दिन सुरूमा पक्राउ परेका टिपर चालक पनि हेटौँडाकै हुन्। उनै टिपर चालकको पछिल्लो बयानका आधारमा मकवानपुरको प्रहरीसँग समन्वय गरी मंगलबार राती हेटौँडा पुगेर पक्राउ गरी आरोपितलाई दाङ ल्याइएको दाङ प्रहरीका एक अधिकारीले बताए।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ दमार गाउँको जङ्गलमा हत्या गरी एकै चिरोमा माटोले पुरेको अवस्थामा रोशनी र शरदको शव असोज ३० गते दिउँसो फेला परेको थियो। त्यसको केही घण्टाको अन्तरालमै प्रहरीले टिपर चालकलाई पक्राउ गरेको थियो। रोशनी र शरद असोज २७ गते राती साढे दश बजेदेखि बेपत्ता थिए।

त्यसअघि ती टिपर चालकले हजुरआमालाई फोन सम्पर्क गरी शरदको अवस्था सोधपुछ गरेको हुँदा त्यही आधारमा प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीको दाबी अनुसार ती टिपर चालकले घटना स्वीकार गरिसकेका छन्। मंगलबार राती हेटौँडाबाट पक्राउ गरी ल्याइएका युवक नाताले उनका मामा पर्ने रहेको प्रहरीले जानकारी दिएको छ।

उनै टिपर चालकको बयानका आधारमा सल्यानका अर्का एक युवक पनि प्रहरी नियन्त्रणमै छन्। सल्यानका युवकले भने घटनामा संलग्नता अस्वीकार गर्दै आइरहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले बताउँदै आएका छन्।

पछिल्लो समय प्राविधिक रूपमा अनुसन्धानको काम भइरहेको प्रहरी अधिकारीहरू बताउँछन्। त्यसका लागि विगत दुई हप्ता बढी समयदेखि सिआइबीको चार सदस्यीय टोली पनि तुलसीपुरमै बस्दै आएको छ।

आफन्त भने रोशनी-शरद हत्याका आरोपित छिटो सार्वजनिक गर्न र हत्याको प्रमुख कारण सार्वजनिक गर्न मागसहित दिनहुँ प्रहरी कार्यालय धाउँदै छन्।

उनीहरूको हत्या भएको तीन साता बितिसकेको छ। यो बिचमा प्रहरीले रोशनी र शरदका मिल्ने साथीहरूदेखि स्थानीय केही दर्जन बढीलाई सोधपुछका लागि बोलाउँदै आएको छ। तीमध्ये केहीलाई दोहोर्‍याई/तेहर्‍याइ पनि प्रहरीले ल्याएर सोधपुछ गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस