२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावअघि जग्गा वितरण र नाप जाँचका काम तत्काल रोक्न निर्देशन

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा जग्गा वितरण र त्यससम्बन्धी सम्पूर्ण काम तत्कालका लागि रोक्न निर्देशन दिएको छ ।

आयोगले राष्ट्रिय भूमि आयोगलाई पत्राचार गर्दै जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नाप जाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरू तत्काल स्थगित गर्न निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जग्गा वितरणका लागि नाप जाँच भइरहेको भन्ने सूचना प्राप्त भएपछि आयोगले सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेर तत्काल रोक्न निर्देशन गरेको हो ।

जिल्ला निर्वाचन कार्यालयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन दिएको छ ।

आयोगले नगरपालिकालाई गरेको पत्रमा भनिएको छ, ‘आयोगबाट यस पूर्व नै प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नाप जाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरू तत्काल स्थगित गर्न भूमि आयोग, ताहाचल, काठमाडौँलाई निर्देशन दिइसकिएको हो ।’

आयोगले सो नगरपालिकाले आफू र आफ्नो मातहतबाट भइरहेका जग्गा नाप जाँच लगायतका कार्यहरू तत्काल स्थगित गरी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म उक्त कार्यहरू नगर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्देशन दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस