२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकपको कीर्तिमान नजिक विराट कोहली

अ+ अ-

काठमाडौँ । भारतीय पूर्व कप्तान विराट कोहली पछिल्लो समय लयमा छन्।

विश्वका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक उनले भारतका लागि केही महत्त्वपूर्ण खेलहरू आफ्नै बलबुताले जिताएका छन्। एसिया कप २०२२ मा अफगानिस्तानविरुद्ध शतक बनाएसँगै उनी पुरानो फर्ममा फर्किएका हुन्। आज हुने भारत र बङ्गलादेशबिचको महत्त्वपूर्ण खेलमा कोहलीले ठुलो कीर्तिमान बनाउन सक्छन्।

टी–२० विश्वकपमा सर्वाधिक रन बनाउनेमा विराट कोहली अहिले दोस्रो नम्बरमा छन्। उनले आज (नोभेम्बर २ मा) बंगलादेशविरूद्धको टी–२० विश्वकपमा थप १५ रन बनाए भने उनी टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बन्नेछन्।

टी–२० विश्वकपमा कोहलीको नाममा हाल १ हजार १ रन छ। टी–२० विश्वकपको इतिहासमा महेला जयवर्धनेले हालसम्म सर्वाधिक १०१६ रन बनाएर शीर्ष स्थानमा छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीसमेत रहेका कोहलीले चाहेको बेला विस्फोटक ब्याटिङसमेत गर्छन्। उनले ११२ टी–२० खेलमा ३८६८ रन बनाइसकेका छन् जसमा एक शतक र ३५ अर्धसतक समावेश छ।

विराट कोहलीले तीनवटै फर्म्याटमा भारतका लागि १०० भन्दा बढी खेल खेलिसकेका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ७१ शतक बनाएका छन्। जसमा १०२ टेस्टबाट २७ शतक, २६२ एक दिवसीयमा ६४ र एक अन्तर्राष्ट्रिय टी-२० शतक उनको नाममा छ। हाल अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा उनले पाकिस्तान र नेदरल्याण्ड्सविरूद्ध उत्कृष्ट इनिङ्स खेले।

पहिलो खेलमा पाकिस्तानविरुद्ध ८२ रनको अभिजित पारी खेलेका उनले दोस्रो खेलमा नेदरल्याण्डविरूद्ध ६२ रनको अभिजित इनिङ्स खेले। तेस्रो खेलमा भने उनी दक्षिण अफ्रिकाविरुद्ध १२ रनमा आउट भए।

प्रतिक्रिया दिनुहोस