२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरमा ७९ मतदान स्थल संवेदनशील

अ+ अ-

हेटौँडा । मकवानपुरमा ७९ वटा मतदान स्थल संवेदनशील रहेको पाइएको छ।

दुई वटा संघीय र ४ प्रदेशसभा क्षेत्रका लागि १६७ मतदान स्थल रहेकोमा जिल्लामा ७९ वटा मतदान स्थल संवेदनशील रहेको पाइएको हो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले १९ मतदान स्थल अति संवेदनशील निर्वाचन क्षेत्र रहेको जानकारी दिए । उनले अति संवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदान स्थल पहिचान गरेर सुरक्षा सुरु गरेको बताए।

उनले जिल्लाको मतदान स्थलको अवस्था, भूगोल, सञ्चारको सम्पर्कताको आधारमा क्षेत्रको पहिचान गरेको र अति संवेदनशील क्षेत्रमा नेपाली सेना खटाएको जानकारी दिए।

‘जिल्लाको १० वटै स्थानीय तहको निर्वाचन स्थलमा सेना र सशस्त्र प्रहरी बल खटाउन सुरु गरिएको छ’, उनले भने, ‘केही दिनपछि प्रहरी पनि खटाउने तयारी छ।’

जिल्लाको क्षेत्र नम्बर १ को ‘क’ मा ७७ हजार ९८९ जना र ‘ख’ मा ७२ हजार १६६ मतदाता छन् । त्यस्तै क्षेत्र नम्बर २ को ‘क’ मा ८३ हजार ०९९ जना र ‘ख’ मा ६७ हजार ४७९ गरेर ३ लाख ७३३ जना मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस