२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा पाइलट ट्रेनिङ कलेज सञ्चालनको तयारी

अ+ अ-

काठमाडौँ । क्यानेडियन एभिएसन कम्पनीहरूको उपस्थितिमा नेपालमा कार्यशाला सञ्चालन भएको छ। नेपालमा सम्बन्ध विस्तार र एभिएसन क्षेत्रलाई प्राथमिकतामा राखेर क्यानेडियन हाई कमिसन नयाँदिल्ली र एयरलाइन अपरेटरर्स एसोसिएसन अफ नेपालको आयोजनामा कार्यशाला सञ्चालन भएको हो। 

कार्यशालामा क्यानडाका प्रख्यात एभिएसन कम्पनीहरू उपस्थित थिए। मंगलबार काठमाडौँमा सञ्चालन भएको कार्यशालामा क्यानडाका एभिएसन कम्पनीहरू बेल हेलिकोप्टर, सिएइ फ्लाइट ट्रेनिङ (इंडिया) प्रालि, सिएई सिमुलेसन ट्रेनिङ प्रालि, क्यानेडियन एभिएसन कलेज, डे हेभिल्यान्ड क्यानडाको डेलिगेसन सहभागी थिए। 

नेपालमा क्यानेडियन एयरलाइन्स कम्पनीका ट्विनअटरलगायतका उत्पादन सञ्चालनमा छन्। बेल हेलिकोप्टर नेपालमा धेरै प्रख्यात छ।

कार्यशालामा क्यानेडियन एभिएसन कलेजसँगको साझेदारीमा नेपालमा पाइलट ट्रेनिङ सुरु गर्नेसमेत तयारी भइरहेको जानकारी दिइएको थियो। दक्षिण एसियाका विद्यार्थीलाई लक्षित गरी पोखरामा पाइलट ट्रेनिङको तयारी भएको क्यानेडियन एभिएसन कलेजका प्रतिनिधि जोन लिंगले जानकारी दिए। नेपाल सरकारको अनुमतिका लागि प्रक्रियामा रहेको छ।  

हाई कमिसन अफ क्यानडा न्यू दिल्लीका एरोस्पेसको प्रमुख विनय गुप्ताले क्यानडाका उत्पादन धेरे सुरक्षित र भरपर्दो रहेको बताए। ती उत्पादन नेपालमा धेरै प्रयोग भइरहेको पनि उनले बताए। क्यानडाका लागि नेपालस्थित ट्रेड एड्भाइजर द्विराज शर्माले हाइड्रो, एरोस्पेस, शिक्षा, पूर्वाधारका क्षेत्रमा क्यानडाका विज्ञतालाई नेपालका व्यवसायसँग जोड्ने प्रयास भएको बताए। उनले अब कृषि र प्रविधिका क्षेत्रमा पनि क्यानडाका विज्ञबीच सहकार्यको वातावरणको काम भइरहेको बताए। 

क्यानेडियन मोन्ट्रियल सिएटल विश्वको तेस्रो ठूलो एयरोस्पेस हब हो। विश्वको सबैभन्दा ठूलो एयरोस्पेस बजार रहेको क्यानडामा सिभिल उडान सिमुलेटर उत्पादनको लागि पनि पहिलो स्थानमा छ। क्यानडा सिभिल इन्जिन उत्पादनमा तेस्रो र नागरिक विमान उत्पादनमा चौथो स्थानमा रहेको छ। क्यानडाको एयरोस्पेस क्षेत्र लगभग ८० प्रतिशत सिभिलउन्मुख र २० प्रतिशत सैन्यउन्मुख छ। 

मोन्ट्रियल संसारको तेस्रो ठूलो एयरोस्पेस क्लस्टर मानिने क्यानेडियन एयरस्पेस जिडिपीको आधारमा समेत विश्वव्यापी ११औँ स्थानमा रहनु क्यानडाको लागि एक प्रभावशाली उपलब्धि मान्ने गरिन्छ। क्यानडाको एयरोस्पेस क्षेत्रका गतिविधिहरूलाई दुई मुख्य उपक्षेत्रहरूमा विभाजन गरिएको छ। 

पहिलो विमान निर्माण (नागरिक, रक्षा र अन्तरिक्ष) र दोस्रो विमान मर्मतमा काम गरिरहेको छ। क्यानडाको एयरोस्पेस उत्पादन उद्योगले ७५ प्रतिशतभन्दा बढी क्यानडाली एयरोस्पेस उत्पादनहरू ६ महाद्वीपका १८६ देशहरूमा निर्यात गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस