१५० सिटसहित एमालेले बहुमत ल्याउँछ, पाँच वर्षभित्र भ्रष्टाचारमुक्त देश बनाउँछौँ : ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१५० सिटसहित एमालेले बहुमत ल्याउँछ, पाँच वर्षभित्र भ्रष्टाचारमुक्त देश बनाउँछौँ : ओली


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । पार्टीको घोषणापत्र सार्वजनिकपछि बैंकर अनिल केसरी शाहसँगको लाइभ डिबेटमा ओलीले एमालेले १५० सिट जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका हुन् ।

उनले भने, ‘बहुमत आउन सम्भव नहुने कुरै छैन। प्रतिनिधिसभामा २७५ सिट छ, त्यसमा १३८ आए बहुमत हुन्छ। १५० सिटको गन्तव्यसहित हामी निर्वाचनमा गएका छौँ ।’​ प्रत्यक्षतर्फ सय र समानुपातिकतर्फ ५१ प्रतिशत लोकप्रिय मत ल्याएर एमालेले बहुमत प्राप्त गर्ने ओलीको विश्वास थियो । ‘प्रत्यक्षमा ९० देखि १०० र समानुपातिकमा ५१ प्रतिशत दिए केही हुँदैन। देशमा स्थिरता हुन्छ,’ उनी भन्छन्, ‘यस पटक जनता ओइरिएका छन्। राष्ट्रियतामा स्थिरता र स्थायित्वको मिसन हो यो। पार्टी प्रवेशको लहर चलेको छ बहुमत नल्याउने कुरै छैन ।’

ओलीले ०७४ मा आफ्नो पार्टीले बहुमत नपाएको भन्दै सरकार नबन्दै षड्यन्त्र भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस