चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा स्थगित


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ ।

आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन र अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको छ ।

आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि १६ कात्तिकसम्म तोकिएको समय सीमा बढाएर मंसिर ९ गते अपराह्न ४ बजेसम्मका लागि थप गरिएको जानकारी दिएको छ ।

आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा आगामी मंसिर १०, ११ र १२ गते हुने समयावधि निर्धारण गरेको थियो । हाल स्थगन भएको परीक्षाको तालिका मंसिरको दोस्रो साता प्रकाशन हुने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस