२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५६ अङ्कले बढ्यो नेप्से, कारोबार रकम १ अर्बमाथि

अ+ अ-

काठमाडौँ । साताको तेस्रो दिन मङ्गलवार सेयर बजारमा हरियाली छाएको छ । तिहार र छठका कारण एक साता बन्द भएर सोमबारबाट खुलेको सेयर बजार लगातार दोस्रो दिन पनि वृद्धि भएको छ ।

सोमबार १६ अङ्क माथिले वृद्धि भएको नेप्से मङ्गलवार ५६.११ अङ्क (२.९९ प्रतिशत)ले वृद्धि भएर १९३०.९९ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स ११.२८ अङ्कले वृद्धि भएर ३८२.१४ अंकमा बन्द भएको छ । बैङ्कहरूको निक्षेप वृद्धिसँगै तरलता सहज भएर ब्याजदर घट्ने अपेक्षा तथा सूचिकृत कम्पनीले लाभांश घोषणा गरिरहँदा नेप्से सुधारोन्मुख देखिएको हो । ३१ भदौपछि नेप्से १९०० अङ्क माथि पुगेर बन्द भएको हो ।

सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि उच्च अङ्कले बढेको छ । वित्त कम्पनी उपसूचक ५.४ प्रतिशत र अन्य उपसूचक ५.२८ प्रतिशतले वृद्धि हुँदा, व्यापार, हाइड्रोपावर र लगानी उपसूचक ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर अर्ब नाघेको छ । मङ्गलवार नेप्सेमा ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजारको कारोबार भएको छ ।

जसमध्ये एनआईसी एसिया बैङ्कको ६ करोड ६५ लाख ६० हजारको कारोबार भएको छ । त्यस्तै नबिल बैङ्कको ५ करोड ९२ लाख ७० हजारको कारोबार भएको छ ।

मङ्गलवार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १८१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३ कम्पनीको मात्रै घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य गिरावट भएको छ । मङ्गलवार न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशत र युनियन हाइड्रोपावरको सेयर मूल्य ८.८२ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस