एमाले घोषणापत्र देश विकासको मार्गचित्र हो : ओली « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एमाले घोषणापत्र देश विकासको मार्गचित्र हो : ओली


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले ल्याएको घोषणापत्र देश विकासको मार्गचित्र भएको बताएका छन् ।

काठमाडौँस्थित होटेल याक एन्ड यतीमा मंगलबार घोषणापत्र सार्वजनिक गरेपछिको संवादमा उनले जनतालाई छक्याउनका लागि पार्टीले घोषणापत्र अगाडि नल्याएको बताएका हुन् ।

निर्वाचन अगाडि सबैले घोषणापत्र जारी गर्ने भए पनि एमालेको भने पृथक् रहेको ओलीको भनाइ थियो । एमालेले ९६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ । ‘एमालेले जारी गरेको घोषणापत्र यो जनतालाई अलमल्याउन, छक्याउनका लागि होइन, यो देश विकासको मार्गचित्र हो,’ उनले भने,’यो देश विकासको निम्ति एउटा सङ्कल्प हो । देश विकासका निम्ति एउटा प्रतिबद्धता हो ।’

एमाले देश विकास गर्ने पार्टी भएको घोषणापत्रले पनि सोही कुरा देखाएको ओलीको भनाइ छ । उनले भने, ‘एमाले विकास प्रेमी मात्रै होइन‚ विकासका लागि प्रतिबद्ध र क्रियाशील तथा नेतृत्व गर्न सक्ने पार्टी हो ।’

एमालेलाई एकल बहुमत आवश्यक भएको ओलीको भनाइ छ । उनले विगतमा जोडबल गरेर दुई तिहाइ पुर्‍याइएको बताए । त्यो बहुमत अरुकै कारणले कायम राख्न नसकिएकाले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट एमालेलाई बहुमत चाहिएको ओलीको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस