विद्युत् पोलमा तानिएका तार ४५ दिनभित्र व्यवस्थापन गर्न प्राधिकरणको ‘अल्टिमेटम’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विद्युत् पोलमा तानिएका तार ४५ दिनभित्र व्यवस्थापन गर्न प्राधिकरणको ‘अल्टिमेटम’


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट र टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समय दिएको छ ।

प्राधिकरणले मङ्गलवार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभी र इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोहीअनुसार व्यवस्थापन गर्न आग्रह गरेको हो ।

आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभी र इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्नो संरचना निर्माणरव्यवस्थापन गर्न समय सीमासहित सार्वजनिक रूपमा आग्रह गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस