२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचौँ पटकको संसद् यात्रामा वृजेशकुमार, तीन पूर्वमन्त्रीको हुँदैछ छ यस्तो रोचक भिडन्त !

अ+ अ-

काठमाडौँ। कपिलवस्तुबाट लगातार ४ पटक निर्वाचन जितेका वृजेशकुमार गुप्ता क्षेत्र नं.२ बाट पाँचौँ पटकको संसद् यात्राका लागि मैदानमा छन् । यसअघि अन्य पार्टीबाट जितेका उनी अहिले ठूलो दलबल लिएर एमालेमा आएका छन् ।

पूर्वमन्त्री, लगातार ४ पटक सांसद बनेका गुप्तालाई पराजित गर्न सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्य मैदानमा छन् । त्यसो त गुप्ता र आचार्य यसअघिका पनि मुख्य प्रतिस्पर्धी नै हुन् । ०७४ सालमा गुप्ताले आचार्यलाई सोही क्षेत्रबाट पराजित गरेका हुन् ।

२०५६ देखि संसद् यात्रा सुरु गरेका गुप्ता हरेक पटकको निर्वाचनमा पार्टी फेर्दै चुनाव लड्दै आएको आरोप खेपिरहेका छन् । २०५६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीतिक यात्रा सुरु गरेका गुप्ताले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) हुँदै अघिल्लो निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहबाट चुनाव जितेका थिए । २०६४ र २०७० का दुई संविधानसभा निर्वाचन गुप्ताले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट जितेका थिए । ०७४ मा एमालेको साथमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट निर्वाचित गुप्तासँग ३ हजार ५८१ मतले पराजित भएका काँग्रेस नेता आचार्यले यो पटक आफूले सजिलै चुनाव आफूले जित्ने दाबी गर्छन् । गुप्ताले ३५ हजार १२७ मत ल्याउँदा प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५ सय ६६ मत पाएका थिए । आचार्य २०७० को दोस्रो संविधान सभाको सदस्य पदमा निर्वाचित भई तीन महिना सिँचाइ राज्यमन्त्री बनेका थिए । दुई कार्यकाल काँग्रेस पार्टीको जिल्ला सभापति भएका आचार्य हाल प्रदेशका महामन्त्री हुन् ।

कपिलवस्तु–२ मा अहिलेसम्म वृजेशको एकछत्र पकडजस्तै बनाएका छन् । जुन दलबाट उठे पनि चुनाव जित्ने भएकाले पनि त्यो प्रभाव देखिन्छ । उनका बुवा भगवानदास गुप्ताले जिल्लामा समाजसेवासँगै राजनीतिमा जोडिएकाले पनि उनलाई धेरै सहज भएको हो । नेपाल विद्युत् प्राधिकरणमा इलेकट्रिकल इन्जिनियरको जागिर छाडेर राजनीतिमा होमिएका गुप्ताले निरन्तर सफलता पाएका छन् ।

गुप्ता र आचार्यसँगै पूर्व कृषि तथा सहकारीमन्त्री अकवाल अहमद शाह पनि चुनावी प्रतिस्पर्धामा छन् । शाह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार हुन् । यहाँ अहिले तीन पूर्वमन्त्रीहरू, गुप्ता, आचार्य र शाहबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

समानुपातिकबाट संविधानसभा सदस्य भएका शाह, गुप्ता र आचार्यबीचको त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । तर अहिलेसम्मको गठबन्धनको अवस्था हेर्दा गुप्ता र आचार्यबीच नै मुख्य प्रतिस्पर्धा हुने आङ्कलन स्थानीयको छ ।

लोसपा नेता शाह यो पटक जनताले २५ वर्षदेखि एउटै व्यक्तिले ओगट्दै आएको क्षेत्रमा परिवर्तन चाहेको बताउँछन् ।

शाहले एमाले, जसपा र राप्रपा तथा काँग्रेस, माओवादी र नेकपा एसको गठबन्धनले उनीहरू एक्लै जनतामा जान डराएको प्रस्ट भएको बताए । लोसपाको केन्द्रीय कार्यकारी सदस्य रहेका शाह २०७४ मा तत्कालीन राजपाबाट समानुपातिकमा थिए । तर, उनी सांसदमा पर्न सकेनन् । २०५६ मा राप्रपा र २०५१ मा एमालेबाट उम्मेदवार भए पनि पराजित भएका थिए ।

एमाले कपिलवस्तुका अध्यक्ष डम्बर शर्माले वृजेशको जितलाई कसैले रोक्न नसक्ने बताए ।

चुनाव जितेपछि उनी जनताको सेवामा पनि खटिने शर्माको भनाइ छ । आफूकहाँ जायज समस्या लिएर आउने जो कोही जिल्लावासीका समस्या, मागलाई सहज रूपमा पूरा गर्ने उनको विशेषताका कारण सबैले मन पराउने गरेको दाबी उनले गरे ।

काँग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले यो पटक क्षेत्र नम्बर २ मा काँग्रेसका उम्मेदवारले वृजेशलाई कुनै पनि हालतमा जान नदिने बताए । तर देशभर कांग्रेससहितको गठबन्धन भए पनि यहाँ काँग्रेस र लोसपाबीच नै प्रतिस्पर्धा भएकाले थप सङ्कट आचार्यलाई परेको छ ।

पालिका निर्वाचनमा वडा अध्यक्षले पाएको दलगत मत हेर्दा काँग्रेसको ३० हजार ९९८, एमालेको २७ हजार २९८, जसपाको ६ हजार ९०८, लोसपाको ६ हजार ३८६, माओवादी केन्द्रको ४ हजार ४५९, राप्रपाको २ हजार ३५ र नेकपा एसको ६९१ मत रहेको देखिन्छ ।

यहाँ काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत ३६ हजार १४८ छ भने एमाले, जनता समाजवादी पार्टी (जसपा), राप्रपाको मत ३६ हजार २४१ छ । कपिलवस्तु २ मा ३४ वटा वडाहरू पर्छन् । कपिलवस्तु नगरपालिकाका ८, यशोधरा गाउँपालिकाका ७, महाराजगञ्ज नगरपालिकाका ८ र बुद्ध भूमि नगरपालिका १० वटा यस क्षेत्रमा समेटिएका छन् ।

२०७० सालसम्म कपिलवस्तुमा प्रतिनिधिसभातर्फ ५ निर्वाचन क्षेत्र थिए । अहिले ३ वटा मात्र छन् ।

प्रतिक्रिया दिनुहोस