श्रीलङ्कालाई अफगानिस्तानको १४५ रनको लक्ष्य « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

श्रीलङ्कालाई अफगानिस्तानको १४५ रनको लक्ष्य


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । आइसिसी ट्वान्टी-२० विश्वकपमा मङ्गलवार अफगानिस्तानले श्रीलङ्कालाई १४५ रनको लक्ष्य दिएको छ ।

ब्रिसबेन क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रन बनायो ।

अफगानिस्तानका ओपनर रहमनुल्लाह गुर्बजले २८ र उस्मान घानीले २७ रन जोडे । इब्राहिम जद्रानले २२, नजिबुल्लाह जद्रानले १८, कप्तान मोहम्मद नाबीले १३ र गुल्बदिन नैबले १२ रनको योगदान गरे ।

श्रीलङ्काका वनिन्दु हसरंगा डी सिल्भाले तीन विकेट लिए । लहिरु कुमाराले दुई विकेट र धनञ्जय डी सिल्भा तथा कसुन रजिथाले समान एक विकेट झारे ।

सुपर–१२ समूह-१ मा दुवै टिमले समान दुई अङ्क मात्र जोडेका छन् । सेमिफाइनल सम्भावना कायम राख्न आज दुवै टिमलाई जित्नैपर्ने दबाब छ ।

तीनमध्ये न्युजिल्यान्ड र आयरल्यान्डसँगको खेल वर्षाका कारण ‘वास आउट’ हुँदा अफगानिस्तान इंल्यान्डसँग भने पाँच विकेटले पराजित भएको थियो ।

आयरल्यान्डलाई नौ विकेटले पराजित गरेको श्रीलङ्का दोस्रो खेलमा अस्ट्रेलियासँग सात विकेट र तेस्रो खेलमा न्युजिल्यान्डसँग ६५ रनले हारेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस